संगितको सुर तालमा संगित दिवस

त्रियुगा न्युज
गाईघाट,असार ८ । परिवर्तनका लागि विश्व संगित भन्ने मुलनाराकासाथ शुक्रबार उदयपुरको सदरमुकाम गाईघाटमा सांगितिक कार्यक्रम गरी संगित दिवश मनाइएको छ ।
तीनतले संगित केन्द्रद्धारा सञ्चालित त्रियुगा संगित बिद्यालयले विश्व संगित दिवस र सुखद शुक्रबार कार्यक्रम गरिएको हो । कार्यक्रममा सांगितिक बिद्यालयमा अध्ययनरत बालबालिकाहरुले आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख तथा जिल्ला न्यायाधिवक्ता उत्तम श्रेष्ठले संगित समाजको मनोरञ्जनको साधन मात्र नभएर जीवनयापनको साधन भएको बताए । उनले पछिल्लो समय संगितलाई व्यवसायिक रुपमा लिइएकोले यसको महत्व बढ्दै गएको बताए ।
त्यसैगरी संविधानसभा सदस्य मोहन खत्रीले मानव जीवनमा संगित सबैले मन पराउने र गाउँ घरमा भजन किर्तन तथा रोधी लगायतका कार्यक्रम पनि संगित नै रोजाई भएको बताए । साहित्यकार राममणि पोखरेलले संगितले समाज विकासमा तथा सांस्कृतिक विकासमा मद्दत पुगेको बताए । उनले संगितलाई व्यवसायिक बनाउन राज्यले ध्यान दिनु पर्ने बताए ।
तीन वर्ष अघि संचालनमा आएको त्रियुगा संगित विद्यालयमा दैनिक ९६ जना बिद्यार्थीलाई अध्ययन अध्यापन गराईदै आएको विद्यालयका निर्देशक शैलेन्द्र खतिवडाले बताए । उनले दुई सिफ्टमा निःशुल्क रुपमा संगित प्रशिक्षण दिइरहेको छ भने गृहिणीहरुसमेत फुर्सदको समयमा संगित सिक्न आउने गरेको बताए ।
खतिवडाले गाउँ घरका भजन किर्तन समूहमा आवद्ध भएका टोलीहरु पनि आएर मादल ढोलक, तवला, हर्र्मोनियम, गितार तथा अन्य बाजाका साथै गीत गाउन समेत खुल्ला गरिएको छ ।
कार्यक्रममा न्यायाधिवक्ता श्रेष्ठ, कर्मचारी रामबहादुर राउतले बिद्यालयलाई मादल, समाजसेवी ज्ञानबहादुर बस्नेतले ढोलक उपलब्ध गराएका छन् भने नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मधुकर थापाले महासंघकोतर्फबाट एक थान हार्मुनियम उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत जागेश्वर साह, पूर्व कर्मचारी देवराज कोईराला, घरेलु महासंघका अध्यक्ष मधुकर थापा, युवा नेता यादव पोखरेल लगायतले बोलेका थिए ।

 

बिज्ञापन
No data was found

सम्बन्धित खवर

हायसको ठक्करबाट पैदल यात्रीको मृत्यु

उदयपुरको बेलका ९ मा माओवादीका भरत घिमिरे विजयी

त्रिनपा १२ मा नेकपा माओवादीका उम्मेदवार नविनकुमार राई विजयी

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

उदयपुरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

सिमेन्ट उद्योगका कर्मचारी तलव विहिन

कारको ठक्करबाट एकको मृत्यु तीन घाईते

विपन्न बालबालिकालाई पोसाक वितरण त्रियुगा न्युज

मोटरसाईकल दुर्घटनामा बाबुकोे मृत्यु दुई छोरा घाईते

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित