त्रियुगा न्युज
गाईघाट,असार ५। उदयपुरको त्रियुगा नगरपालिका वडा नं १३ स्थित पुरानो गाईघाटको हवाई मैदानमा निर्माणधीन कोशी प्रदेशकै सवैभन्दा ठूलो र सुविधासम्पन्न सभा भवन निर्माणको काम अझै पुराहुन सकेको छैन । मदन भण्डारी स्मृति सभा भवन तथा अतिथि गृह भनि नाम दिइएको उक्त भवन बजेटको अभावमा आठ वर्षमा पनि निर्माण सम्पन्न हुन नसकेको हो ।
प्रथम चरणको काम सम्पन्न हुनैलाग्दा बजेट अभाव भएपछि विगतका तीन वर्षमा निर्माणसम्बन्धि सवै कार्य बिचैमा रोकिदै आएपछि सभा भवन निर्माणको कामले निरन्तरपा पाउन सकेन । भवन डिभिजन कार्यालयका ईन्जिनियर सुशिल चौधरीका अनुसार मदन भण्डारी सभा भवन क्रमागत योजना भएकाले आर्थिक वर्ष ०७६÷०७७ मा सम्पन्न गर्नेगरी रविना जोसि पाथिभरा जेभि निर्माण कम्पनिसँग २०७४ वैशाखमा प्रथम चरणको ठेक्का सम्झौता गरिएकोथियो ।
तर त्यसबेला करिव ९५ प्रतिशत काम पुरा भएपछि बजेटको अभावमा निर्माणको सवै काम बिचैमा रोकिए पछि सो योजना अलपत्र परेको हो । करिव ६० करोड रुपियाँको लागतमा कार्य सम्पन्न हुनेगरी मदन भण्डारी स्मृति सभा भवन निर्माणको काम आर्थिक वर्ष २०७३÷०७४ बाट सुरु भएको हो ।
कोशी प्रदेशकै अत्याधुनिक सुबिधा सम्पन्न अन्य सभा भवन भन्दा यो बिलकुलै नयाँ डिजाईनको र ठूलो भएकोले यसकालागि सरकारले विनियोजन करेको बजेटले काम सम्पन्न गर्नमा अपुग हुदै आएकोछ ।
प्रथम चरणको काममा निर्माण ब्यवसायीलाई २० करोड नौलाख ९० हजार रकम भुक्तानी दिइसकिएको छ भने दोश्रोचरणको कामको लागि २०८१ जेठ १३ गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी सुनकोसी निर्माण सेवा प्रालिसँग २०७९ मङ्सिर १४ गते १८ करोड दुईलाख १६ हजारमा ठेक्का सम्झौता गरिएको भएपनि सो अनुसार निर्माणको काम पुराहुन सकेकोछैन ।
भवन निर्माण सम्बन्धि कामको पछिल्लो स्थितिको त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्तकुमार वस्नेत र सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीका कार्यालय प्रमुख डिई प्रदीपकुमार सिंहले संयुक्त रुपमा स्थलगत अनुगमन गर्दा चालु आर्थिक वर्षको लागि करिव चारकरोड र आगामि आर्थिक वर्ष २०८१।०८२ का लागि थप १० करोडसमेत गरी अव १४ करोड रुपियाँको बजेट आवश्यक पर्ने देखिएको त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार वस्नेतले बताउनुभयो ।
उक्त भवनको चारैतर्फको पर्खाल निर्माण,ट्रस निर्माण,रंगरोगन,टायल,फर्निचर,मार्वल लगाउने,भ्mयाल ढोका,शौचालय निर्माण,पानी धारा तथा बिजुलि बत्ति जडान लगायतका धेरै कामहरु बाँकिनै रहेको र हाल ट्रस्ट निर्माणको काम भईरहेको भएपनि छाना लगाउन भने रकम अभावहुने निर्माण ब्यवसायीको भनाईछ ।
अरु कामहरु आगामि आर्थिक वर्षको बजेटबाट सम्पन्न गर्नका लागि कार्यालयका तर्फबाट सम्बन्धित निकायमा रकमको ब्यावसथाका लागि आपूmले पनि पहल गरिरहेको सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीका कार्यालय प्रमुख डिई प्रदीपकुमार सिंहले बताउनुभयो ।
उहाँका अनुसार सो भवनको सम्पूण काम सम्पन्न् गर्न अव १० करोडभन्दा बढिनै रकम आवश्यक पर्ने भएपनि सरकारले आगामि आर्थिक वर्ष २०८१।०८२ का लागि छ करोड मात्र विवनियोजन गरेकोले चार करोडको लागि पुन बजेट अभावहुने स्थििति रहेको छ ।
त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतका अनुसार मदन भण्डारी स्मृति सभा भवन गाईघाटलाई आधुनिक शहर बनाउनेछ । यो हाम्रो प्रदेश कै ठुलो तथा अत्याधुनिक सभाभवन हो । यो भवनमा दुईवटा ठुला सभा कक्षहरु हुने छ । एउटा एकहजार पाँचसय सिट क्षमता भएको र अर्को पाँचसय सिट भएको वैठक कक्ष तथा आधुनिक डिजाइनका दुईवटा अतिथि गृहसमेत बन्ने छ ।
यो भवन सम्पन्न गर्नको लागि रकमको अभाव हुन नदिन नगरपालिकाले पनि सक्दो प्रयास गर्ने छ । गाईघाटस्थित पुरानो हवाई मैदानको करिब चार बिगाहा पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको निर्माणाधीन उक्त सभा भवनले कोशी प्रदेशमा गाईघाटको थप पहिचान दिलाउने बिश्वास गरिएको छ ।