आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गरौ : टेलिकम

काठमाडौं // नेपाल टेलिकमले आफ्नै नाममा भएको मोबाईल नम्बर प्रयोग गर्न आग्रह गरेको छ । अरूको नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भइ अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको हो। मङ्गलवार विज्ञप्ति जारी गर्दै नेपाल टेलिकमले राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था देखिएको बताएको हो।

‘टेलिकम ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएकोरबिग्रिएमा आफू स्वयं उपस्थित भइ प्राप्त गर्न अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
नयाँ सिम कार्ड लिनका लागि ग्राहकले आवेदन फाराममा आवश्यक विवरण स्पष्टरूपमा भरेको तथा ग्राहकको नाम, ठेगाना, परिचयपत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचयपत्र एवम् सम्पर्क नम्बर स्पष्टरूपमा लेख्नुपर्नेछ।

बिज्ञापन

ग्राहक स्वयं उपस्थित नभइ अर्को व्यक्तिको नाममा दर्ता रहेको सिम कार्ड लिन आएको अवस्थामा ग्राहक स्वयं उपस्थित हुन नसक्ने कारणसहित ग्राहकको मञ्जुरीनामा र सक्कल परिचयपत्रका आधारमा सिम लिन आउने व्यक्तिको सक्कल परिचयपत्र देखाइ त्यसको प्रतिलिपि रितपूर्वक भरिएको फारामसाथ संलग्न गर्नुपर्छ।

वास्तविक प्रयोगकर्ताभन्दा फरक ग्राहकको विवरण भएको अवस्थामा सिम लिने ग्राहकको कबुलियतनामा पत्र र परिचयपत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुष्टी गरि सिम कार्ड परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ।

स्रोत : सिम्रिक आवाज

सम्बन्धित खवर

सूर्य किरणको १७ औ संस्करण सम्पन्न

कोशीकलि र कुशाहाकलिसँगै सहजाएकाछन पुष्पा र अञ्जली

रक्षा सम्वाददाता अभिमुखिकरण कार्यक्रम शुरु

प्रधान सेनपति शर्माद्वारा छात्रबृत्ति प्रदान

लागूऔषध नियन्त्रणका लागि ‘एमडिआई’ अभियान सुरु पहिलो दिन नै ५२ जनाले छोडे लागूऔषधको सेवन

उदयपुरमा स्कूल बस दुर्घटना तीनको मृत्यु ३६ घाईते

नेपाल र भारत संयुक्त सैनिक अभ्यास तालिम सूर्यकिरणको १७ औ संस्करण शुरु

भुकम्प पिडितलाई राहत लिएर नगरप्रमुखको टोली जाजरकोट प्रस्थान

गाईघाटमा छठ पूजाको रौनक फोटो फिचर

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित