भक्तिविलास पोखरेल
गाईघाट २१ जेठ । मदनभण्डारी राजमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका वडा नं ७ कालीखोला नजिकै सिरुटारमा सोमवार हायस दुर्घटना हुँदा १० जना यात्रु घाईते हुनुभएकोछ । राजधानी काठमाण्डौंबाट ईटहरी तर्फ जाँदै गरेको बा ५ ख ६२१३ नम्बरको हायसमा सडकमै पल्टिदा त्यसमा सवार १४ जना यात्रुहरुमध्ये १० जना घाईते हुनुभएको प्रहरीले जनाएको छ ।
घाईते हुनेहरुमा सुनसरी जिल्ला रामधुनी नपा २ झुम्का बस्ने वर्ष ५३ को होमनाथ ओझा,हायसका सह चालक सुनसरी जिल्ला इटहरी उमनपा १७ कान्छीचोक बस्ने वर्ष २३ को सन्तोष बुढाथोकी,सुनसरी जिल्ला रामधुनी नपा १ झुम्का बस्ने वर्ष ४० को नरेन्द्रकुमार चौधारी, मोरङ रतुवामाई नपा ५घोपाबाद बस्ने वर्ष ४५ को होमनाथ अधिकारी हुनुहुन्छ ।
यसैगरी सुनसरी जिल्ला ईटहरी नपा ५ सिमरवाना बस्ने वर्ष ३२ को रवि पाण्डे, रामधुनी नपा४ लालपुर बस्ने वर्ष ७० को राधा कार्की, रामधुनी नपा २ झुम्का बस्ने योगेन्द्र कार्कीको छोरी वर्ष १७ की अनिसा कार्की, सोहि ठाउकि वर्ष ७० की अमृतमाया कार्की,चालक सुनसरी जिल्ला रामधुनी नपा ४ मानपुर बस्ने वर्ष ३९ को टंक श्रेष्ठ र धरान उमनपा ५ ठिङ्गाबारी बस्ने वर्ष २९का डिल्ली कुमार लिम्वु घाइते हुनुभएको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मनोजकुमार थापाले बताउनुभयो ।
घाईतेहरुको उदयपुर अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि धरान पठाइएको र दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि उहाँले बताउनुभयो ।

भिजिटर संख्या : 148