सदस्यता नविकरणमा देशकै पहिलो जिल्ला बन्यो एमाले उदयपुर

त्रियुगा न्युज
गाईघाट २१ जेठ । नेकपा एमाले उदयपुर देशभरमै संगठित सदस्या नविकरण गर्नेमा पहिलो जिल्ला बनेको छ । नेकपा एमालेका अध्यक्ष भागवत राउतका अनुसार २०८१ सालको पार्टी सदस्यता नबिकरण गर्ने क्रममा उदयपुर जिल्ला पहिलो भएको हो ।
२०८१ सालको संगठित सदस्यता नविकरण गर्ने जिल्लाहरुमा उदयपुर पहिलो भएको नेकपा एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीलाई उदृत गर्दै अध्यक्ष राउतले बताउनुभयो । अध्यक्ष राउतका अनुसार २०८० सालमा तीनहजार दुईसय २४ जना एमालेको संगठित सदस्यता रहेकोमा यो बर्ष मात्र दुई हजार चार सय २९ जना नयाँ थप गरिएको छ । नौ जना विभिन्न पार्टी परित्याग गरि समायोजन हुनुभएको हो ।
अघिल्लो बर्षको तिन हजार दुईसय २४ मा २ हजार ९ सय ४७ जनाले सदस्यता नविकरण गरेका छन । हाल एमालेका संगठित सदस्यताको संख्या नविकरण गरेका र नयाँ गरी पाँच हजार ३ सय ९५ जना पुगेकोछ । जसमा एकहजार छसय ३५ जना महिला र तीन हजार सातसय ६० जना पुरुष सदस्य रहेको एमाले उदयपुरका सचिव टेक बहादुर राउतले जानकारी दिनुभयो ।
पार्टी सदस्यता नविकरण र नयाँ स्वीकृत गर्ने जिल्लामा पहिलो बनेपछि एमाले अध्यक्ष राउतले पार्टी काममा खट्ने आईटी बिभाग प्रमुख खड्ग खड्का लगायत सबैलाई धन्यवाद दिनु भएको छ । राउत गत चैतको दोस्रो साता अध्यक्षमा निर्वाचित बन्नु भएको थियो । अध्यक्षमा निर्वाचित भएपछि छोटो समयमा नै देखिने गरी सदस्यता नविकरण र नयाँ सदस्य विस्तार गर्न सफल हुनुभएकोमा समग्र उदयपुर एमाले कार्यकताहरुले अध्यक्ष राउतको पं्रशसा गरेकाछन ।

बिज्ञापन
No data was found

सम्बन्धित खवर

उदयपुरका आठमध्ये सातवटा पालिकाद्वारा नीति कार्यक्रमसहित बजेट सार्वजनिक

संगितको सुर तालमा संगित दिवस

लेखाका कर्मचारीको आन्दोलनले प्रदेश मातहतका कार्यालय ठप्प

आठ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेन गाईघाटस्थित मदन भण्डारी स्मृति सभा हल

राष्ट्रिय परिचयपत्र बनाउन बृध्दबृध्दा लाई सास्ती

मदनभण्डारी लोकमार्गमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु

हायस पल्टिदा १० यात्रु घाइते

सदस्यता नविकरणमा देशकै पहिलो जिल्ला बन्यो एमाले उदयपुर

चारसय ११ एम्पुल लागुऔषध सहित दुई युवक पक्राउ

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित