सगरमाथा क्षेत्रमा सेनाले सङ्कलन गरेको मानव शव शिक्षण अस्पतालमा बुझायो

भक्तिविलास पोखरेल गाईघाट,जेठ १६ । नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियान अन्तर्गत आठहजार मिटरभन्दा माथिको सगरमाथा क्षेत्रबाट दुईवटा मानव शव निकालेर फरेन्सि परिक्षणका लागि बुधवार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौमा बुझाएको छ । शैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सो अभियानमा सहभागि नेपाली सेनाको टोलीले सगरमाथा हिमालको आठहजार चारसय ३० मिटर उचाइमा रहेको बाल्कोनी ईलाका र सातहजार नौसय मिटरको उचाइमा अवस्थित ल्होत्से क्याम्प चौथो इलाकाबाट वेवारिसे अवस्थामा रहेका ती दुईवटा मानव शव बरामद गरी थप प्रक्रियाको लागि हवाई साधनबाट काठमाडौ लगेर शिक्षण असपतालमा बुझाएको हो । यस वर्षको सफा हिमाल अभियान अन्तर्गत हालसम्म सगरमाथा,ल्होत्से र नुप्से हिमालबाट ११ हजार किलोग्राम फोहर,चारवटा मानव शव तथा केहि मान अस्थिपञ्जर सङ्कलन तथा ब्यवस्थापन गरीएको नेपाली सेनाले जनाएको छ । गएको वैशाख २ गते काठमाडौबाट प्रस्थान गरेको नेपाली सेनाको सो टोली वैशाख ९ गते सगरमाथा आधार शिविरमा पुगेकोथियो । यहि जेठ २३ गते विश्व वातावरण दिवसका दिन समापन गरिने यस वर्षको सफा हिमाल अभियानले विश्वव्यापी चुनौतिको रुपमा रहेको वातावरण प्रदुषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना फैलाउने तथा हिमालहरुमा थुप्रिएको फोहोर हटाउन सहयोग पुग्ने विस्वास लिइएको नेपाली सेनाले जनाएको छ ।
No data was found

सम्बन्धित खवर

चौदण्डीगढीका दृष्टिविहीन विद्यार्थीलाई ब्रेल लिपिका शैक्षिक सामग्री प्रदान

जेष्ठ नागरिकका लागि वडा वडामा स्वास्थ सिविर सञ्चालन

सार्वजनिक विषयमा महत्वपूर्ण निर्णय गर्दै कांग्रेस एमाले संयन्त्रको बैठक सम्पन्न

उदयपुरमा जन्ति बोकेको बस र मिनिट्रक ठोकिदा एकको मृत्यु पाँच घाईते

नेपालको आर्थिक विकासमा भारतको ठूलो सहयोग— नियोग उपप्रमुख श्रीवास्तवल

सामुदायिक विद्यालयलाई मोतियाही सावउसद्वारा १५ लाख सहयोग

उदयपुरमा राइड टु कोशी–२०८१’ कार्यक्रम आयोजना गरिने

सेवा प्रवाहमा उदयपुर जिल्ला अस्पताल उत्कृष्ट

धार्मिक पर्यटकीय स्थलहरुको पूर्वाधार निर्माणमा सवै पक्षको सहयोग आवश्यक —प्रदेश प्रमुख खापुङ्ग

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित