भक्तिविलास पोखरेल
गाईघाट,जेठ १ । उदयपुरको त्रियुगा नगरपालिकाले संस्थागत बिद्यालयको वर्गिकरण गरी विद्यार्थीबाट लिनपाउने शुल्कसमेत निर्धाण गरेको छ । नगरक्षेत्रमा सञ्चालित झण्डै तीन दर्जन विद्यालयले विद्यार्थी र अविभावकहरुको ढाडसेक्ने गरी चर्काे शुल्क लिने गरेको भन्ने ब्यापक जनगुनासो बढेपछि नगरपालिकाले आम अविभावकहरुको हितमा यस्तो निर्णय गरेको हो ।
नगरपालिकाले विद्यालयको वर्गिकरण र शुल्क निर्धाण सम्बन्धमा गरेको निर्णय सोमवार पत्रकार सम्मेलन गरेर शार्वजनिक गरेको छ । संस्थागत बिद्यालय सञ्चालन मापदण्डमा ब्यवस्था भए अनुरुप अनुगमन गरि ऐन नियमले तोका सूचकहरुको आधारमा संस्थागत बिद्यालयहरुलाई क,ख,ग र घ गरी चार प्रकारमा वर्गिकरण गरेर त्रियुगा नगर कार्यपालिकाले निर्णय गरेपछि सोहि अनुसार शुल्क निर्धाण गरिएको नगर प्रमुख बसन्तकुमार वस्नेतले बताउनुभयो ।
कार्यपालिका बैठकले त्रियुगा नगरपालिका क्षेत्रमा रहेको संस्थागत बिद्यालयमध्ये दुईवटा मात्र ख वर्गमा परेको जनाएकोछ । जसमा त्रियुगा नगरपालिका वडा नं ११ गाईघाट बजारको लाँलीगुँरास ईङ्गिलिस बोडिक स्कुल र त्रियुगा नगरपालिका वडा नं १३ पुरानो गाईघाटको सगरमाथा ईङ्गिलस बोडिङ स्कुल ख वर्गमा परेको नगरप्रमुख वस्नेतले बताउनुभयो ।
त्यसैगरी त्रियुगा नगरपालिका ११ गाईघाटका प्याराडाईज ईङ्गिलस बोडिङ स्कुलसहित आठवटा विद्यालय ग वर्गमा वर्गिकरण गरिएकोछ । नगर क्षेत्रका ३४ वटा बिद्यालय घ वर्गमा परेकोले ती विद्यालयलाई ब्यावस्थापकीय सुधारको लागि निर्देश गरिएको नगरप्रमुख वस्नेतले बताउनुभयो ।
संस्थागत बिद्यालय सञ्चालन मापदण्डमा ब्यवस्था भए अनुसार अनुगमन गरि वर्गिकरण गरिएको र सोहि अनुसार त्रियुगा नगरपालिकाले संस्थागत विद्यायलले लिने शुल्कसमेत निर्धारण गरेकोछ । संस्थागत बिद्यालयमा मनोमानी तरिकाले शुल्क लिदै आएको गुनासो आएपछि त्रियुगा नगर पालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतकोको अध्यक्षतामा बसेको शुल्क निर्धारण समितिको बैठकले संस्थागत बिद्यालयको बर्गीकरण गर्दै शुल्क निर्धारण गरेको हो ।
नगर प्रमुख वस्नेतका अनुसार विभिन्न पाँचवटा बिषयको मापदण्ड बनाएर बिद्यालयलाई स्वमुल्याङकन गरि नगर क्षेत्रको संस्थागत बिद्यालयको वर्गीकरण गरि शुल्क निर्धारण समितिले निर्णय गरेकोछ । अहिले स्वमुल्यांकन गरेका बिद्यालयको नगरपालिकाले राखेका मापदण्ड पूरा गरेर आफ्नो बिद्यालयलाई वर्गीकरणमा राखेको हो या हैन भन्नेबारे नगर शिक्षा समितिले निरन्तर अनुगमन गर्ने ब्यवस्था मिलाएको पनि उहाँले बताउनुभयो ।
नगरपालिकाले अनुगमन गर्दा कक्षामा हुन पर्ने न्युनतम विद्यार्थी संख्या, विद्यार्थी र शिक्षकको अनुपात, अनुमति पत्र सहितको शिक्षक, बिषयगत शिक्षक, भौतिक संरचना, शैक्षिक सामाग्री, नेपाल सरकारले तोके बमोजिमको शिक्षक वा कर्मचारीलाई पारिश्रमिक दिए नदिएको लगायतका मापदण्ड राखेर संस्थागत बिद्यालयको स्थलगत अनुगमन गरिएको हो ।
बिद्यालयले स्वमुल्याकंन गर्दा पु¥याउनु पर्ने मापदण्ड पूरा नगरी स्वमुल्याकंन गरेर शुल्क लिएको पाइएमा नगरपालिकाले बर्ग घटुवा गर्ने, दर्ता खारेजी र नेपाल सरकारको प्रचलित ऐन कानुन बमोजिम कारबाही गरिने उल्लेख गरिएकोछ । नगरपालिकाले सम्पूर्ण तहगत भर्ना शुल्क, मासिक शुल्क, परिक्षा शुल्क र अन्य शुल्क लिन पाउने गरि तोकेरै संस्थागत बिद्यालयहरुलाई परिपत्र गरेको छ । संस्थागत बिद्यालयहरुले आफुखुसी मनोमानी शुल्क लिदै आएका थिए ।
शिक्षा ऐन तथा नियमावलीले दिएको अधिकार प्रयोग गरि नगर क्षेत्रमा रहेको संस्थागत बिद्यालयको वर्गिकरण गरि मनोमानी रुपमा बिद्यार्थीसँग उठाउँदै आएको शुल्कलाई अध्यायन गरि शुल्क निर्धारण गरिएको नगर शिक्षा शाखाले जानकारी दिएको छ । जसमा प्लेग्रुपमा घ वर्गकोले एकहजार एकसय क वर्गकोले एकहजार तीनसय २० सम्म शुल्क लिन पाउने गरी निर्धारण गरिएको छ ।
यसैगरी कक्षा १२ मा घ वर्गकोले मासिक दुईहजार दुईसय लिन पाउनेछ भने ग र ख वर्गकोले क्रमस १० र १५ प्रतिशत बडि अर्थात मासिक दुईहजार चारसय २० र दुईहजार पाँचसय ३० सम्म शुल्क लिन पाउनेछन भने क वर्गको विद्यालयले मासिक दुईहजार छसय ४० मात्र शुल्क लिन पाउनेगरी शुल्क निर्धारण गरिएको नगरप्रमुख वस्नेतले बताउनुभयो ।
भिजिटर संख्या : 166