विश्व बैकको सहयोगमा निर्माण गरिने नौ वटा सडकको एकैसाथ शुभारम्भ

भक्तिविलास पोखरेल गाईघाट,वैशाख २७ । त्रियुगा नगरपालिका गाईघाटमा विश्व बैकको सहयोगमा बजार क्षेत्रको कायापलट गर्ने गरी सडक निर्माणको काम बिहीबारबाट सुरु भएकोछ । त्रियुगा नगरपालिकाका वडा न ं१०, ११, १२ र १३ का गरी १० वटा सडकको निर्माण प्रक्रिया शुरु गरिएको हो । गाईघाट बजारस्थित गाई चौकमा विश्व बैकको सहयोगमा निर्माणगर्न लागिएको सडकको एक समारोहकाबीच विहिवार शुभारम्भ गर्नुहुदै त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार वस्नेतले अवको एकवर्ष भित्रमा बजार क्षेत्रको कायापलट गर्ने गरी सडक निर्माणको काम शुरुवात हुनु त्रियुगावासि जनताको लागि खुसिको कुरा भएको बताउनुभयो । नगर प्रमुख वस्नेतले निर्वाचनका वेला आपूmले जनता समक्ष गरेको प्रतिबध्दता अनुसार त्रियुगा नगरपालिकाले अनेकौ श्रोतहरु जुटाएर विकास निर्माणका ठूला योजनाहरु सञ्चालन गर्दै आएको र आजबाट बजार क्षेत्रको लमुहारै फेरिने गरी चिल्ला सडकहरु निर्माणको काम शुभारम्भ गर्न पाउदा आपूmलाई पनि ज्यादै खुसिलागेको छ भन्नुभयो । नगर प्रमुख वस्नेतले विश्व बैंकले गर्ने भौतिक विकास अन्तर्गत त्रियुगा नगरपालिकाका ४ वटा वडाका नौ वटा सडकहरुको निर्माण कार्य विहिवार विहान एकैपटक शुभारम्भ गर्नुभएको हो । विश्व बैंकले शहरी विकास मन्त्रालय मार्फत शहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम(यूजीआईआईपी) अन्तर्गत त्रियुगामा करिव १५ किलोमिटर आधुनिक सडक निर्माण गर्न सहयोग गरेको हो । बैशाख पहिलो साता आषिश,आर्शिवाद, स्वामीनारायण जेभीले निर्माण सम्झौता गरेर काम जिम्म लिएको छ । नगरको महत्वपूर्ण सहरी क्षेत्र गाईघाट बजारको विकासमा सहयोग पुग्ने उक्त सडक निर्माणमा विश्व बैंकको एकअर्ब बढी रुपियाँमा ठेक्का खुले पनि निर्माण व्यवसायीले करिब ६६ करोडमा काम गर्ने गरी ठेक्का सम्झौता भएको पनि नगर प्रमुख बस्नेतले बताउनुभयो । सात प्रदेशका ३३ स्थानीय तहमा सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ सञ्चालन गर्ने नेपाल सरकारको निर्णय बमोजिम उक्त आयोजनामा नेपाल सरकारलाई विश्व बैंकले एक अर्ब ५० करोड अमेरिकीडलर (करिब दुईखर्ब रुपैयाँ)सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भए बमोमिग गाईघाटमा सडक निर्माणको काम शुरु भएको हो । उक्त परियोजना अन्तर्गत त्रियुगा नगरपालिका छनोटमा परि गाईघाट बजारका सडक कालोपत्र गर्न विश्व बैंकले ७८ लाख अमेरिकी डलर (एकअर्ब रुपैयाँभन्दा बढी) ऋण उपलब्ध गराएको पनि नगर प्रमुख बस्नेतले जानकारी दिनुभयो । नगर प्रमुख बस्नेतका अनुसार गाईघाट टावन प्लानिङ्ग कासडक, सिटिहल सिमलटार सडक, बाबारानी डिएम गेट सडक, पिजि चोक – फुलचोक– बोटेटोल – त्रियुगा करिडोर सडक, शिवालय टोल हुँदै करमगाछी सडक, प्रगतीटोल हुँदै साकेला टोल सडक,सगरमाथा कृषी बजार पश्चिमबाट जनप्रेमी टोल हुँदै बिसनपुर त्रियुगा करिडोर सडक गरि १४ दशमलब ६४४ किलोमिटर सडक निर्माण हुने छ । सो अवसरमा निर्माण कम्पनिका ठेकेदार सन्तोष वस्नेतले विश्वबैंकको लगानीमा अन्तराष्ट्रिय स्तरको मापदण्डमा बन्ने यी सडकहरु सवै डवल लेनकोे,स्टेट लाइट सहित सम्पूर्ण सुविधा उपलब्ध भएको हुने र निर्धारित समयसिमा भित्रै अवको एकवर्षमा आपूmले गुणस्तरीय सडक निर्माण गरिसक्ने प्रतिबध्दता जनाउनुभयो । नगरभित्रका दुई राजमार्ग(मदन भण्डारी र सगरमाथा)लाई जोड्दै बजार क्षेत्रका महत्वपूर्ण सडक एक आपसमा जोडिने गरी लिंक रोडका रुपमा निर्माण गर्नेगरि सडकहरुको छनोट गरिएको त्रियुगा नगरपालिकाका ईीन्जनिएर निर्मल चौधरीले बताउनुभयो । ती सवै सडक २०८२ असार ३१ गतेसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने गरी ६६ करोड ११ लाख १४१ रुपियाँमा सम्झौता गरिएको पनि उहाँले जानकारी दिनुभयो ।  
No data was found

सम्बन्धित खवर

उदयपुरका आठमध्ये सातवटा पालिकाद्वारा नीति कार्यक्रमसहित बजेट सार्वजनिक

संगितको सुर तालमा संगित दिवस

लेखाका कर्मचारीको आन्दोलनले प्रदेश मातहतका कार्यालय ठप्प

आठ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेन गाईघाटस्थित मदन भण्डारी स्मृति सभा हल

राष्ट्रिय परिचयपत्र बनाउन बृध्दबृध्दा लाई सास्ती

मदनभण्डारी लोकमार्गमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु

हायस पल्टिदा १० यात्रु घाइते

सदस्यता नविकरणमा देशकै पहिलो जिल्ला बन्यो एमाले उदयपुर

चारसय ११ एम्पुल लागुऔषध सहित दुई युवक पक्राउ

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित