भक्तिविलास पोखरेल
गाईघाट, वैशाख २५ । लामो समयसम्म पानी नपरेपछि जङ्गलमा डढेलोमात्र हैन किसानहरुले लगाएको अन्न बालिसमेत सुक्न थालेको छ । गएको च्ेत महिनामा लगाइको मकै बाली खडेरीका कारण सुक्न थालेपछि उदयपुरका किसान चिन्तित बनेकाछन । सिचाँइको सुविधा नभएका खेतबारीमा लगाएको मकै सुक्न थालेपछि किसानहरु चिन्तित बनेकाहुन ।
चैत्र महिनामा लगाएको मकै बाली खडेरीले सुकेर मर्न थालेको र अव पनि पानी पर्न सकेन भने जिल्लाको पहाडी क्षेत्रमा यो वर्ष मकै उत्पादन कमिहुने किसानहरु बताउछन । उदयपुरको आठवटै पालिकाको पहाडि क्षेत्रमा सिचाइको सुविधा नभएको र आकासे पानीको भरमा खेती गर्नुपर्ने आपूmहरुको बाध्यता रहेको उदयपुरगढी गाउँपालिका वडा नं ६ का किसान हेमवहादुर मगर बताउनुहुन्छ ।
जिल्लाको भित्रीमधेसमा पर्ने चुरे क्षेत्रका सिमित स्थानहरुमा मात्र सिचाइ सुविधा छ । तर पानी नपरेपछि यस क्षेत्रमा पनि खडेरीले मकैका बिरुवा मर्न थालेपछि किसानहरुमा चिन्ता बढेको छ । । गत चैत महिनाको अन्तिम यता एकपटक पनि वर्षा नभएपछि पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका, रौतामाई, ताप्ली र उदयपुरगढी गाउँपालिकाका किसानहरु बढी प्रभावित भएको ताप्लि गाउँपालिकाका उपाध्यक्ष धनम मगरले बताउनुभयो ।
तराई भेगमा रहेका त्रियुगा,कटारी,चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा पनि मकै सुक्न थालेको स्थानीय कृषकहरुको भनाइ छ । कटारी नगरपालिका वडा नं १० का अगुवा किसान कविराज राउतले पहाडी क्षेत्रमा मकैका बिरुवा सुकेर आगो सल्कने अवस्थामा पुगेको बताउनुभयो । सिचाइ सुविधान छैन आकाशबाट पानी नपरेकाले मकै बालीको बिरुवा नै सुक्न थालेको छ । खडेरीकै कारणले वर्षभरी खानपुग्ने मकै मर्न थालेपछि चिन्ताथपिएको उहाँ बताउनुहुन्छ ।
ताप्लीगाउँपालिका वडा नं १ पिपलभन्ज्याङका अगुवा किसान तोपबहादुर ज्यु ठकुरीले खडेरी बढ्दै गएको र वर्षा नभएपछि मकैको बिरुवा मर्न थालेकोले यसपटक मकै खेती प्रभावित भएको बताउनुभयो । पहाडी क्षेत्रको मुख्य अन्नबालीका रूपमा रहेको मकै बाली खडेरीका कारण नष्ट भए यढो वर्षको अन्त्य तिर भोकमारीको सामनाद गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै गाउँका किसानहरु चिन्तित बनेको ठकुरी बताउनुहुन्छ ।
जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख योगेन्द्र यादवले खडेरीले उदयपुरमा मकै बालीमा क्षति पु¥याएको भन्दैे कहाँ के कति नोक्सान भयो त्यसको किसानहरुबाट तथ्याङ्क लिइने र आवश्यक कारवाहिका लागि माथिल्लो निकायमा लेखि पठाउने बताउनुभयो ।