नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले सांसद सुनिल शर्मा सहित त्रिवि शिक्षण अस्पतालमा कार्यरत दुइजना चिकित्सक लाइ पनि पक्राउ गरेकाे छ ।
तिनैजना नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टिचिङ अस्पतालका डाक्टर अमृत चौधरी र अर्का चिकित्सक रन्जितकुमार यादव लाई पक्राउ गरेको हो ।
बिज्ञापन
सीआईबीले बिहीबार दुइ जना चिकित्सक सहित तीन जनालाई पक्राउ गरेको छ । सांसदसमेत रहेका सुनिल शर्मा यसअघि नै पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले सांसद सुनिल शर्मालाई पक्राउ गरिएकोबारे औपचारिक जानकारी गराएको छ । संसद सचिवालयलाई पत्र लेख्दै सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्रको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सभामुखलाई जानकारी गराएको छ ।
स्रोत : सिम्रिक आवाज
भिजिटर संख्या : 399